हिलाम्य महोत्सवमा दर्शकको भिड (फोटो फिचर)

धनगढी, २८ मंसिर । शुक्रबार परेको पानीले सुदूरपश्चिम महोत्सव भित्र हिलो र पानी जमेको छ । शनिबार विदा भएकोले हिलोको वेवास्ता गर्दै महोत्सव अवलोकन गर्नेहरुको घुईचो लागेको ।

महोत्सव भित्र हिलै हिलो भएकोले अवलोकनकर्ताहरु जुत्ता फोहर हुने डरले रु १० रुपैयाँ तिरेर खुट्टामा प्लाष्टिक बाँधेरपनि अवलोकन गरिरहेका छन् ।

सुदूरपश्चिम महोत्सव आज राम कृष्ण ढकाल, राम चन्द्र काफ्ले, नरेन्द्र राज रेग्मी, मनोज सिंह धामी, उमा देवि खनाल केशव फुलारा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।