हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध

कैलाली, २८ मंसिर । हिमपातले सुदूरपश्चिमको पहाड र तराइ जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडकमा हिउ जमेपछि पहाडी जिल्लाका अन्य राजमार्ग पनि अवरुद्ध भएका छन् । तराई वर्षा भएपछि बैतडी, डडेल्धुरा, बाजुरा, बझाङलगायत जिल्लामा हिमपात भएको हो ।

भीमदत्त राजमार्गको डडेल्धुरास्थित साहुखर्क सडक खण्डमा बाटोमा हिउ जमेपछि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध छ । अवरुद्ध राजमार्ग खोल्नका लागि दिपायलबाट डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दिलिपसिंह देउवाले बताए ।