संस्कृति संरक्षणकोकोलागि बलामी समाजद्धारा गुठी भोज
नेपाली समाजलाई एकताबद्ध गर्न र संस्कृति संरक्षणको मियोको रूपमा गुठीहरूले काम गर्दै आएका छन् । बढ्दो शहरीकरण, बसाइँसराइ र राज्यको उपेक्षाले गर्दा गुठीहरू धारासायी एवं बिघटन हुदै जाने क्रममा छन् । नेपालमा लिच्छविकालमा सामाजिक ब्यवस्था कायम राख्न, धार्मिक एवं कल्याणकारी समाज स्थापनाको लागि राज्य एवं निजि स्तरबाट प्रबर्द्धन गरिएको थियो ।
विभिन्न मठ, मन्दिर एवं जात्रा संचालनका लागि जग्गाहरू गुठीको नाममा राखिएको थियो । मल्ल शासनकालसम्म यो प्रचलन कायमै रहेता पनि शाहकालका राज्यलाई चरम आर्थिक संकट परेपछि रण बहादुर शाहको पालामा गुठी हरण गरिएको थियो । त्यसपछि राणाकालमा गुठीहरू यथास्थितिमा रह्यो । २०२१ सालको भूमि सुधार ऐनले तत्कालिन समयमा अस्तित्वमा रहेका निजी एवं सार्वजनिक गुठीको जग्गाहरूको अभिलेखिकरण भएको थियो ।
नेवार समुदायमा गुथिहरूबाट नै जात्रा लगायत विभिन्न धार्मिक एवं सांस्कृतिक कार्य हुदै आएको छ । बढ्दो महंगीले गर्दा कम आयस्ता भएका गुठीहरू धारासायी एवं बिघटन भएका छन् ।
नागार्जुन नगरपालिका वडा नं. ६ टौखेलमा स्थानीय आदिवासी नेवार समुदाय अन्तरगत बलामीहरूले नागार्जुन बलामी गुथि समाज गठन गरि विगत ४ वर्षदेखि निरन्तर रूपमा वार्षिक गुथिभोज आयोजना गर्दै आएको छ । समाजले यही मंसिर २६ गते योमरी पुन्हीको अवसरमा गुथिभोज आयोजना गरिएको जानकारी अध्यक्ष भाईकाजी बलामीले दिए ।

टौखेलका बलामीहरूले शताब्दी अघि देखि संचालन गरेको गुठी विभिन्न समयमा संचालन एवं बन्द हुने भईरहेता पनि हाल यसले निरन्तरता पाएको छ । गुथिभोज आयोजना एवं संस्कृति संरक्षण गर्न नागार्जुन बलामी गुठी समाज प्रतिबद्ध रहेको हुदां यसको निरन्तरताको लागि खुल्ला स्थानको अभाव रहेकोले यसको उचित ब्यवस्थापनको लागि स्थानीय जनप्रतिनिधि मार्फत पहल गरिने बताए । उक्त समारोहमा समाजका सदस्य स्व। सुश्री सुभद्रा बलामीको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो।
गुठीमा विगतमा ३० परिवार रहेकोमा यस वर्ष थप २ परिवार आबध्द भई हाल ३२ परिवार आबध्द भएका छन् । यसले समाजमम गुठि प्रति आकर्षण बढ्दै गएको अनुभूति गर्न सकिन्छ । ३२ परिवार आबध्द गुठिमा कृष्ण बहादुर बलामी थकाली हुनुहुन्छ ।
समाजका अध्यक्ष भाईकाजी बलामीका अनुसार गुठिले हाल मृत्यु संस्कारको सम्पूर्ण काम र गुथिभोजको आयोजना गर्दै आएको र यसबाट समाजमा अपसी सद्भाव बढ्नुका साथै संस्कृति संरक्षणमा योगदान पुर्याउनेछ ।
बलामीहरू विशेष गरि मल्लकालिन नेपाल मण्डलको पश्चिम तथा दक्षिण ईलाकाहरू बसोबास गर्दै आईरहेका छन् । प्राचीन बस्तीहरू चित्लाङ्ग, फर्पिङ्ग, थानकोट, नागार्जुन (टौखेल, शरणपुर, रानीपौवा) रानीबन, टौडल, ओखरपौवा आदि स्थानहरूमा बलामीहरूको बाक्लो बस्ती रहेको छ ।













