मानसिक रोगले आत्महत्याको घटना बढाउछः विष्णु प्रजापति

धनगढी, २५ मंसिर । सीएमसी नेपालका मानसिक स्वास्थ्य संयोजक विष्णु प्रजापतिले आत्म हत्याको कारणहरु मध्ये ९० प्रतिशत मानसिक रोग भएको तथ्यांक प्रस्तुत गरे ।

बुधबार सञ्चारकर्मीसंग मानसिक स्वास्थ्यका बारेमा अन्तरक्रियात्मक छलफल कार्यक्रममा उनले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् । उनले संसारमा ४५ करोड मान्छे मानसिक समस्याबाट ग्रसित रहेको पनि बताए ।

उनले धेरै मान्छे शारिरिकरुपले स्वस्थ्य रहेपनि मानसिकरुपले समस्यामा हुने गरेको बताउँदै यस्ता समस्या देखापरेमा तुरुन्त उपचार गर्न सुझाब दिए ।

विद्यालय जाने १५ प्रतिशत बालबालिकहरु मानसिक रोगी भएको बताउदै बालबालिकाहरुलाई स्वस्थ्य राख्न परिवारिक वातावरण र विद्यालयमा हुने व्यवहार बालमैत्री हुनुपर्ने बताए ।

उनले टिन ऐजमा ५० प्रतिशत भन्दा बढि मानसिक रोग उत्पन्न हुने गरेकोले बालबालिकालाई जिवन जिउने कलाको विषयमा पढाउन जरुरी रहेको बताए । साथै विद्यालयमा किताबी ज्ञान मात्रै नभएर बालबालिकाको जिज्ञासा मेताउने खाले शिक्षा दिन आवश्यक रहेको बताए ।