‘ईन्टरनेटले जीवनशैलीमा परिवर्तनसंगै जोखिमपनि बढाउँछ’
धनगढी, २५ मंसिर । ईन्टरनेटले मान्छेको जीवनशैलीमा परिवर्तन ल्याएपनि त्यसको प्रयोग गर्न नजानेपछि जोखिम बढ्ने खतरा उत्तिकै रहेको बताइएको छ । ईन्टरनेट सोसाईटी नेपाल च्यापटरले ईन्टरनेट सम्बन्धी प्रदेश स्तरिय छलफल कार्यक्रममा यस्तो बताइएको हो ।
ईन्टरनेट सोसाईटी नेपालका कोषाध्यक्ष तथा अधिबक्ता टंक अर्यालले ईन्टरनेट सोसाईटी विश्वमा सन १९९२ र नेपालमा २००९ मा स्थापना भएको बताउदै, ईन्टरनेट सोसाईटी नेपालले ईन्टरनेट सम्बन्धी विभिन्न छलफल र बहस, अनुसन्धान गरिरहेको बताए ।
उनले ईन्टरनेट सोसाईटीले गरेको अनुसन्धानले इन्टरनेटले मान्छेको जीवनशैलीमा पारेको प्रभाव, प्रयोग गर्न नजान्दा जोखिमपनि बढ्दै गएको बताए । पछिल्लो अवस्थामा इन्टरनेटले धेरैलाई प्लेटफर्म दिएको हुदाँ जोखिम कम गर्न यूजर र पासवर्ड गोप्य राख्न सुझाब समेत दिए ।

कार्यक्रममा सरोकारवालाहरु संग निरन्तर छलफल गर्नु पर्ने, उपभोक्ताको तहमा जानकारी अभिबृद्धी गर्नुपर्ने, ईन्टरनेटको बिजनेस र करियरमा छलफल र पैरवीको हुन आवश्यक रहेको निश्कर्ष निकाले ।
साथै सहभागीहरुले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा ईन्टरनेटको पहँुच नभएका कारण काम गर्न असहज हुने गरेको बताएका थिए । साथै सामाजिक सञ्जालको दुरुपयोगका कारण बालविवाह, सामाजिक विकृति बढेको भन्दै जिम्वेवार व्यक्तिहरुले नै इन्टरनेटमाथि दोष थोपरेर आफू पन्छिदै गरेको बताए । कार्यक्रममा व्यवसायी, सेवाप्रदायीक, उपभोक्ता, नागरिक संघसंस्था, पत्रकार लगायतको सहभागीता रहेको थियो ।













