दीप प्रज्वालन गरेर लैंगिक हिंसा विरुद्धको १६ अभियान समापन (फोटो फिचर)
कैलाली, २४ मंसिर । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज समापन भएको छ ।
जिल्लामा अवस्थित विभिन्न गैर सरकारी संघ संस्थाहरुको सयूक्त आयोजनामा धनगढीको पार्कमोडमा दीप प्रज्वालन गरेर अभियानलाई समापन गरेका छन् । १६ दिने अभियान हरेक वर्ष अंग्रेजी महिना २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर मनाइँदै आएको छ ।




















