मानव विकास सुचंकाकमा नेपाल १४७ औ स्थान

काठमाडौं, २४ मंसिर । नेपाल विश्व मानव विकास सुचंकाकको मध्यम श्रेणीमा परेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले आज सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा नेपाल विश्व मानव विकास सुचकांकको मध्यम श्रेणीमा परेको हो ।

मानव विकासको सुचंकाकमा १ सय ८९ मुलुक मध्ये नेपाल १४७ औ स्थानमा रहेको छ । यो अफ्रिकी मुलुक केन्याको समान हो ।

सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचकांकमा ०।५२६ ले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यस अवघिमा नेपालमा जन्मदर औसत आयु १६ दशमलब १ रहेको छ भने विद्यालय शिक्षाको मध्यम वर्ष २ दशमलब ८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलब ७ वर्षले वृद्धि भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौमा सार्वजनिक गरेको प्रतिवेदनले एसिया प्रसान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार हुदै गएको देखाएको छ ।