छाउगोठमा एक महिलाको मृत्यु

अछाम, १६ मंसिर । अछामको साँफेबगर नगरपालिका ३ की २१ वर्षिया पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा मृत्यू भएको छ ।

छाउगोठमा आगो बालेकाले निसिसिएर महिलाको मृत्यू भएको हुन सक्ने अछाम डिएसपी जनक शाहीले बताए । उनले मृतकको शरीरमा कुनै चोटपटक नदेखिएकोले प्ररम्भिक अनुसन्धानमा आगोको धुँवाबाट निस्किकेको कार्बनडाअक्साइडको मात्र बढि भएर मृत्यू भएको हुन सक्ने अनुमान गरेको बताए ।

उनी दिन भरि खेतमा काम गरेर राति छाउगोठमा सुत्न गएका थिए । ‘महिनावारी भएको हिजो ३ दिन भएको रहेछ। सय मिटर टाढाको घरमा बसेको पाइयो,’ भट्टले भने, ‘बिहान साढे ७ बजेसम्म नउठेपछि उनका जेठाजु उठाउन गए। नबोलेपछि ढोका फोडेर हेर्दा मृत अवस्थामा फेला परेको हो।’ पार्वतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लैजाने तयारी भईरहेको जानकारी दिए ।

यसअघि २०७४ जेठमा तुर्माखादकी २२ बर्षिया गौरी बुढाको छाउगोठमा निसासिएर र २०७५ मंसिरमा तुर्माखादमै १८ बर्षिया पार्वती बुढाको सर्पले टोकेर मृत्यु भएको थियो। जिल्लाका विभिन्न नकिायका तथ्यांकअनुसार यो घटना समेत गरि १४ जना महलिा तथा किशोरीको छाउगोठमा ज्यान गएको छ।