बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट
बैतडी, १५ मंसिर । बोक्सीको आरोपमा एक महिलामाथि कुटपीट भएको छ । बैतडीका ४० वर्षिय नाम परिवर्तन माथि कुटपीट भएको हो ।
शनिबार बिहान उनीमाथि उनकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपीट गरेको पीडितको भाई शेर बहादुर महराले बताए ।
उनलाई देखेपछि छोरो बिरामी हुन्छ भन्ने आरोप लगाएर कुटपीट भएको महराले बताए । बोक्सीको आरोपमा कुटपीट भएकी महिलाको उपचारकोलागि जिल्ला अस्पताल बैतडी पुर्याइएको छ ।













