उपनिर्वाचनः सुदूरपश्चिममा ५ नेकपा र २ कांग्रेसको विजय

कैलाली, १५ मंसिर । सुदूरपश्चिममा वडाध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा ५ स्थान नेकपा र २ स्थान नेपाली काँग्रेसको विजय भएको छ । मतगणाको अन्तिम मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्धारले ५ र नेपाली कांग्रेसका उम्मेद्धारले २ ठाउँमा जित हासिल गरेका छन् ।

कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडीको पुर्चौडी नगरपालिका ४ मा नेकपाले जितेको हो भने बैतडीको दोगडाकेदार ४ र सुर्नया गाउँपालिका १ मा नेपाली कांग्रेसका उम्मेद्धारले जित हासिल गरेका हुन् ।