ट्रक र एम्बुलेन्स ठोक्किँदा सात जनाको मृत्यु
सुनसरी, १५ मंसिर । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ । वीरगंजबाट जाँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो ।
सातै जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी प्रमुख डिआइजी ठाकुर ज्ञवालीले जानकारी दिए । मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेको जनाइएको छ ।













