नेफिन कैलालीको आठ वर्षपछि जिल्ला सम्मेलन, अध्यक्षमा सुकवीर
धनगढी, १४ मंसिर । आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन समिति कैलालीको आठ वर्ष पछि चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला सम्मेलनले सुकवीर लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यसै गरि उपाध्यक्ष फूलमान चौधरी सचिब अभृत राई सहसचिब एन्जल चौधरी, कोषाध्यक्ष ललिता नामजारी मगर र सदस्यहरुमा मिना चौधरी चयन भएका छन् । बाँकी सदस्यलाई मनोनयन गर्ने आयोजकले जनाएको छ ।













