जेष्ठ नागरिकलाई न्यानो लुगा
धनगढी, १३ मंसिर । धनगढी उप–महानगरपालिका वडा नं. ७ मा बसोवास गर्ने जेष्ठ नागरिकहरुलाई न्यानो लुगा वितरण गरेको छ ।
नगरपालिकाले वडामा रहेका २ सय ८१ जनालाई जाडोमा ओढ्ने वितरण गरिएको वडा अध्यक्ष सिताराम रानाले जानकारी दिए ।
७० बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई जाडोबाट बचाउन न्यानो कम्मल उपलब्ध गराएको हो । वडाले २ लाख बराबरको सो कपडा खरिद गरेको अध्यक्ष रानाले बताए ।













