घोरीघोरामा लवाड्डी पुजा तथा सांस्कृतिक महोत्सव
कैलाली, १२ मंसिर । घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरामा लवाड्डी पुजा तथा सांस्कृतिक महोत्सव २०७६ शुरु भएको छ ।
महोत्सवको उद्घाटन गर्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले पछिल्लो समय थारु समुदायको कला संस्कृति रहन सहन खानपान लोप भईरहेको बताए । उनले आफ्नो कला संस्कृतिलाई जग्रेर्ना गर्न सबैलाई आग्रह समेत गरे ।
नगर प्रमुख चौधरीले स्थानीय सरकारले थारु सग्रालय निर्माणकोलागि पहल चालिरहेको बताउदै यस क्षेत्रलाई पर्यटन बिकास र धार्मिक क्षेत्रको बिकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा थारु समुदायको पुरानो गुरुवाहरुद्धारा नाचिने बड्का नाच, सखिया, झुम्रा नाच, धमार, मांगर लगायत थारु समुदायको स्थानीय प्रतिभाहरु देखाइएको थियो ।













