घाँस लिन गएकी किशोरी २ दिन देखि बेपत्ता
अछाम, १२ मंसिर । अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ जामाका १६ बर्षिया बासु जैसी २ दिनदेखि बेपत्ता छिन् । मंगलबार दिउसो ३ बजे आमाले काटेको घाँस ल्याउन करिब डेढ घण्टा टाढा बजेडी चिलिमे वनतिर गएकी थिईन् ।
आमासंगै घाँस ल्याउन भनी गएकी उनी आमा अर्को बाटोबाट घर पर्केपछि छोरी हराएको जैसीका बुवा गंगाराम जैसीले बताए ।
आमा एक्लै घर फर्केपछि छोरीको खोजीका लागि मंगलबार रातिसम्म र बुधबार दिनभर खोजी गरेको उनका ठुलाबुवा खडकराज जैसी बताए । किशोरी मानसिकरुपले अलि सुस्त भएको आफन्तको भनाई छ ।













