पर्यटन प्रवद्र्धनकोलागि सुदूरपश्चिम महोत्सव
कैलाली, १० मंसिर । पर्यटन प्रवद्र्धनकोलागि यो वर्ष पनि सुदूरपश्चिम महोत्सव हुने भएको छ । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा यहि मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव शुरु हुने आयोजकले जनाएको छ ।
प्रदेशको व्यापार, पर्यटन, औद्योगिक सम्भावनाको प्रबद्र्धन तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिन लागेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले जानकारी दिए ।
संघको आयोजनामा हुने महोत्सव संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सञ्चालन हुन लागेको हो ।
महोत्सवमा व्यापारिक, कृषि, रेस्टुरेन्ट लगायत ३ सय भन्दा स्टल राख्ने आयोजकले जानकारी दिए । महोत्सवमा करिब तीन लाख दर्शक अवलोकन गर्ने अपेक्षा रहेको अध्यक्ष कुँवरले बताए ।













