‘धर्मको नामले थारू पहिचान जोगाउन खोज्नु भ्रम हो’

कैलाली, १० मंसिर । थारु समुदायको पहिचान छुट्टै भएपनि पछिल्लो अवस्थामा संस्कृति जोगाउँने नामले धर्मको प्रर्वद्धन भईरहेको थारु अगुवाहरुको भनाई छ ।

थारु संस्कृति संरक्षण सम्र्वद्धन परिषदद्वारा आयोजित थारु बुद्धिजीवि तथा अगुवा भेलामा वक्तहरुले यस्तो बताएका हुन् ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले थारुहरुलाई विभिन्न लोभलालचमा पारेर धर्म परिवर्तन भईरहेको आरोप लगाए । उनले थारु समुदाय प्रकृतिका पुजारी रहेको दाबी समेत गरे ।

‘थारु समुदाय हिन्दू हुन् या बौद्ध, छलफलको विषय मान्नु पर्छ । थारु समुदायमा देवतालाई रक्सी चढाउने चलन छ, तर सत्य कुरा हिन्दू धर्मको ईतिहासमा कुनै मन्दिरमा रक्सी चढाइन्न् । जस गर्दापनि थारु प्रकृतिक पुजारी हुन् ।’

थारुहरुलाई धर्ममा आकर्षित गर्न थारु समुदायको पहिचान झल्किने नाच, गीत, गहना, पहिरनलाई महत्व दिई समुदायलाई नै भ्रममा पारेर धर्म परिवर्तन भईरहेको अरोप लगाए ।

यस्तै मोर्चाका जिल्ला संयोजक माधब थारुले धर्मको नामले थारु पहिचान जोगाउन खोज्नु भ्रम रहेको बताए । उनले थारु समुदायको पहिचान छुट्टै भएपनि धर्मको नामले संस्कृतिमाथि प्रहार भईरहेको आरोप लगाए ।

थारु अगुवा प्रभात कुमार थारुको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि अन्तराष्ट्रिय बौद्ध परिषद नेपालका शाखा अध्यक्ष फुपु छेम्बे शेर्पा रहेका थिए । कार्यक्रममा विभिन्न ठाउँका थारु नाच देखाएका थिए ।