विद्यलाय तहमा लैंगिक हिंसा बिरुद्धको अभियानबारे जानकारी

कैलाली, १० मंसिर । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्ट विद्यालय तहमा लैंगिक हिंसा विरुद्धको अभियानबारे जानकारी गराएका छन् ।

उनी त्रिनगर माध्यमिक विद्यालय कानून संकायका विद्यार्थीहरुलाई सो अभियानबारे जानकारी गराएका हुन् । उप–प्रमुख भट्टले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको विषयमा प्रष्ट पारिन ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्ध दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरेको बतईन् । नेपालमा पनि २०५४ सालदेखि यो दिवस मनाउन थालिएको जानकारी दिईन ।

‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता” भन्ने यो वर्षको राष्ट्रिय नारा रहेको बताउदै लैङ्गिक हिंसाविरुद्धको अभियानमा सबै एकज्ट हुन आग्रह गरिन् । हिंसा हन्त्य गर्न समाजिक रुपमा जागरण ल्याउनु, धर्म तथा संस्कृतिका नाममा हुने कुरीति कुसंस्कारलाई त्याग गर्न जरुरी रहेको बताईन् ।