लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
कैलाली, ९ मंसिर । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ । १६ दिने अभियान हरेक वर्ष अंग्रेजी महिना २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर मनाइँदै आएको छ ।
लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसा विरुद्ध हरेक वर्ष अंग्रेजी महिला नोभेम्बर २५देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रियस्तरमा १६ दिने अभियान मनाउने गरिन्छ ।













