धनगढीमा १२ करोड ९९ लाखको खानेपानी योजना

कैलाली, ६ मंसिर । धनगढी उप–महानगरपालिका १२ जुगेडा स्थित ‘डि’गाउँमा बृहत खानेपानी योजनाको सिलन्यास भएको छ ।

नेपाल खानेपानी संस्थानको सहयोग तथा धनगढी उप–महानगरपालिकाको पहलमा १२ करोड ९९ लाख बराबरको खानेपानी योजना सिलन्यास भएको नगर प्रमुख नृपबहादुर वडले बताए ।

उनले नगरपालिकाको सबै वडमा स्वच्छ खानेपानी पु¥याउने उपलब्ध गराउने उदेश्यले यो योजना निर्माण गरेको बताए ।

खानेपानी संस्थान धनगढीका कार्यालय प्रमुख अरविन्द कुमार कर्णले सो योजना ३ बर्षमा सम्पन्न हुने बताए । उनले स्थानीयलाई १ बर्षभित्र नै खानेपानी वितरण गर्न सकिने जानकारी दिए ।

४ लाख ५० हजार लिटर क्षमता रहेको ट्यांकीले प्रतिदिन ५ हजार घरधुरीलाई खानेपानी पुर्याउने लक्ष्य रहेको कर्णले बताए ।