डिसेम्बर ८, ‘मर्यादित महिनावारी’ दिवस मनाइने

कैलाली, ६ मंसिर । डिसेम्बर ८ मा विश्वभर नै ‘मर्यादित महिनावारी’ दिवस मनाईने भएको छ । राधा पौडेल फाउन्डेसनको पहलमा यो दिवस नेपालबाटै शुरुवाट गरि विश्वमै पहिलो पटक मनाउन लागिएको हो ।

महिनावारीका कारण किशोरी र महिलामाथि गरिने विभेद र लाञ्छनाहरुको बारेमा अझै धेरै बोल्नुपर्ने आवश्यकता भएकाले यो दिवस मनाउन लागिएको फाउण्डेसनका निर्देशक तथा अभियन्ता राधा पौडेलले बताइन् ।

उनले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत डिसेम्बर ८ मा विश्वभर यो दिवस मनाउन लागिएको बताइन् । दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकारका लागि मर्यादित महिनावारी’ राखिएको छ ।