बेपत्ता भएका पत्रकार खड्काको झोला र पर्स फेला

बाजुरा, ३ मसिंर । गत वर्षको भदौ ९ देखि बेपत्ता तेजु खड्काको १४ महिनापछि पर्स, झोलालगायत सामान भेटिएको स्थानीयले बताएका छन्। बाजुराको बुढीनन्दा दर्शनमा जाँदा उनी बेपत्ता भएका थिए ।

लौरी विनायक भन्ने स्थानमा सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई जानकारी गराएका थिए। झोला भएको ठाउँमा मानव कंकाल भेटिएकाले खड्काको मृत्यु भएको आशंका गरिएको स्थानीय पदम रोकाया बताए।

भेटिएको पर्समा तेजु खड्काको परिचयपत्र, लाइसेन्स पनि भेटिएको छ। अवशेषको पहिचान गर्नका लागि पत्रकार र केही स्थानीयसहितको प्रहरी टोली सोमबारनै त्यसतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायब निरीक्षक रुद्रसिंह धामीले बताए। प्रहरी टोलीले घटना स्थलमा भेटिएको प्रमाणहरुको मुचुल्का गर्ने र अवस्थाको अध्यन गर्ने जनाएको छ ।