सामुदयिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न कम्प्युटर सहयोग

कैलाली, २ मंसिर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई कम्प्युटर सहयोग गरिएको छ ।

घोडाघोडी नगरपालिका–३ बगुलिया स्थित गंघरी आधारभूत विद्यालयलाई वडा नम्बर ३ को कार्यालयबाट ११ थान कम्प्युटर सहयोग गरेको हो ।
कम्प्युटर सम्बन्धि सैद्धान्तिक रुपले अध्ययन गर्दै आएपनि विद्यार्थीहरुको व्यवहारिक ज्ञान वृद्धिकालागि कम्प्यूटर प्रदान गरिएको वडाध्यक्ष कमल थारु बताए । उनका अनुसार विद्यालयमा कम्प्युटर उपलब्ध भएपछि शैक्षिक गुणस्तर सुधार हुने आशा गरेको बताए ।