अपी शैपाल महिला गोल्डकप हुने
कैलाली, २ मसिंर । कैलालीको धनगढीमा आयोजना हुने प्रथम महिला गोल्डकप पुस २१ बाट हुने भएको छ । शैलेश्वरी स्पोर्टस क्लवको आयोजनामा हुने महिला गोल्डकप २०७६ प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ एन्फाले स्वीकृति प्रदान गरेपछि सो कपको आयोजना हुन लागेको हो ।
कैलाली जिल्ला फुटबल संघको सिफारिशमा उक्त प्रतियोगितालाई स्वीकृति प्रदान गरिएको एन्फाले जनाएको छ । धनगढीमा पहिलो पटक आयोजना हुने महिला गोल्डकप प्रतियोगिताले नेपाली महिला फुटबलको विकासमा ठूलो योगदान पुग्ने विश्वास लिएको छ ।
प्रथम हुनेले नगद ५ लाख १ हजार र द्धितिय हुनेलाई २ लाख ५१ ह्जार सहित ट्रफी तथा प्रमाणपत्र पुरस्कार दिने घोषणा भएको छ ।













