१६ दिने अभियानको राष्ट्रिय नारा : ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता’

काठमाडौं, १ मसिंर । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको राष्ट्रिय नारा ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता’ भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्षको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको नारा तय गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार मन्त्रालयले यो वर्ष नारा तय रगेको जानकारी दिईन् । देशभर बलात्कारका घटनामा बृद्धि भइरहेका कारण १६ दिने अभियानको नारा बलात्कार केन्द्रित बनाइएको पौडेलले बताईन् ।

पौडेलले राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गर्न सातै प्रदेश, प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालालाई अभियान अवधिभर विभिन्न कार्यक्रममा सहभागी गराउने मन्त्रालयको योजना छ ।

लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसा विरुद्ध हरेक वर्ष अंग्रेजी महिला नोभेम्बर २५देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रियस्तरमा १६ दिने अभियान मनाउने गरिन्छ । विश्वभर भने “अरेन्ज द वल्र्डः जेनेरेसन इक्वयलिटी स्ट्याण्ड अगेन्स्ट रेप” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईंदै छ ।