थरुहट राष्ट्रिय युवा संयोजकमा सिताराम
धनगढी, १ मंसिर । थरुहट थारुवान राष्ट्रिय युवा शक्तिको संयोजकमा सिताराम चौधरी (बर्दिया) चयन भएका छन् । कावासोती नगरपालिका १० चिलाहा रतवल, नवलपुरमा भएको थरुहट थारुवान राष्ट्रिय युवा सम्मेलनबाट उनको संयोजकत्वमा ७५ सदस्यीय कार्यसमिति गठन भएको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जामुुन राम थारु महतो (नवलपुर), उपाध्यक्षहरुमा हरिनारायण चौधरी(उदयपुर), प्रतिक्ष चौधरी(कैलाली), विरेन्द्र चौधरी(बारा), रेनुका चौधरी (सुनसरी), सचिव टीकादेवी महतो गुरौ(नवलपुर) रहेका छन् ।
त्यस्तै सदस्यहरुमा एकराज चौधरी(दाङ), आशिष चौधरी(कैलाली), मुक्ति थनेत(नवलपुर), राजेश चौधरी(नवलपरासी), शिव कुमार चौधरी(उदयपुर), रोशन कुमारी चौधरी(उदयपुर), प्रदीप चौधरी(सप्तरी), जयप्रकाश चौधरी(बारा), सुर्य प्रसाद चौधरी(परासी), श्रवण चौधरी(सुनसरी), तुलाराम चौधरी(सुनसरी), सविता चौधरी(सुनसरी), मनोज चौधरी(मोरङ), देवनारायण चौधरी(मोरङ), मिना विश्वास(मोरङ), कुञ्ज बिहारी चौधरी(रौतहट), सानो कुमारी चौधरी(रौतहट), दिपक चौधरी(बर्दिया) र दिनेश चौधरी(काठमाण्डौं) रहेका छन् । कार्यसमितिमा समावेश हुन नसकेका जिल्लाबाट पछि थप गरिने जनाएको छ ।
‘थरुहट स्वायत्त प्रदेश र अधिकारका लागि संविधान संसोधन, थरुहट थारुवान एकता र सशक्त आन्दोलनका लागि युवा सम्मेलन’ मूल नाराका साथ भएको कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारु, प्रवक्ता मिनराज चौधरी, मोर्चाका सल्लाहकार राजकुमार लेखी, भानुराम थारु, सुरेन्द्र चौधरी, थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यसमितिका पूर्व महामन्त्री एर्व पूर्व सांसद मझिलाल थारु थनेत, नेपाल लोकतान्त्रिक जनता कांग्रेसका केन्द्रिय अध्यक्ष जित बहादुर चौधरी, पूर्व राजदूत एवं अभियन्ता विजय कान्त कर्ण लगायतको उपस्थिति रहेको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका वक्ताहरुले नेपाल सरकार थरुहट आन्दोलनको माग मुद्दाप्रति संवेदनशील नरहेकोले संघर्षको विकल्प नरहेको बताएका थिए ।
सम्मेलनमा पूर्व झापा देखि पश्चिम कञ्चनपुर सहित काठमाण्डौं उपत्यकाबाट प्रतिनिधित्व गर्दै ३५० जना प्रतिनीधीहरुको उपस्थिति रहेको थियो । बन्दसत्रमा संविधानको अन्तरबस्तुुसंग जोडिएर रहेका विषयमा राजनीतिक प्रशिक्षण संयोजक लक्ष्मण थारु र थरुहट आन्दोलनको माग मुुद्दा, अवस्था र युवाहरुको भूमिका विषयमा मोर्चाका प्रवक्ता मिनराज चौधरीले प्रशिक्षण गरेका थिए ।













