बेस कैलालीले किशोरीहरुलाई घरमै प्याड बनाउने तरिका सिकाउदै
कैलाली, २७ कात्तिक । सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग परियोजना अन्तर्गत अतिरिक्त क्रियाकलापमा किशोरीहरुलाई घरमै प्याड बनाउन सक्ने तरिका सिकाइरहेको छ ।
व्याकवर्ड सोसाइटी एजुकेशन (बेस) कैलालीले उक्त परियोजना अन्तरगत २९ जना बालिकाहरुलाई प्याड बनाउने तालिमबाट सक्षम बनाई परियोजना लागु गरिएको विद्यालयहरुमा स्कुल पढ्ने बालिकाहरुलाई घरेलु प्याड बनाउन सिकाई रहेको बेस कैलालीका स्टेम परियोजनाका जिल्ला संयोजक लक्ष्मण चौधरीले जानकारी दिए ।
‘छोरी पढाउँ गरिबी हटाउँ’ भनने मूल नारा सहित मनाउँन लागेको दास्रो स्टेम उत्सब तयारीमा उनले यस्तो बताए । किशोरीहरु महिनावारी भएको बेला घरमै उत्पादित प्रभावकारी प्याड प्रयोग गर्न पाउँन भन्ने उदेश्यले कम खर्चिलोमा घरेलु प्याड बनाउन सिकाएको बताए ।
प्याड बनाउने कच्चा पर्दाथ सबै परियोजनाले उपलब्ध गराईरहेको जानकारी दिदै विशेषखालको कटन कपडाबाट बनेको प्याड मा कुनै संक्रमण नहुने चौधरीको दाबी छ। उनले स्टेम उत्सवमा बालिकाहरुले बनाएको प्याड पनि प्रर्दशन गर्ने जानाए ।
कार्यक्रम संयोजक नविन लामिछानेले स्टेम उत्सव यहि कात्तिक २९ गते हुने बेस कैलालीले जनाएको छ । उत्सवमा ३० वटा सामुदायीक विद्यालयका छात्रा, छात्र विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र संघसंस्था गरि ७०० जनाको सहभागीता हुने बताए ।
उनले परियोजना लागु गरिएका विद्यालयबाट नाटक, खेलकुद, कला, अन्तक्रिया जस्ता विभिन्न क्रियाकलापसंगै विद्यालय छोडेर सीप सिकेका किशेरीहरुको हाते कडाई, सीप विकासबाट उत्पादित सामाग्री र बाल सुरक्षा र आत्मरक्षा तालिम सम्बन्धी नमुना प्रर्दशनी गर्ने जानकारी दिए ।
परियोजनाले कक्षा ८देखि १० सम्मका बालिकाहरुलाई २०६६ सालदेखि नै विद्यालय छोडेकालाई विद्यालय भर्ना गराउने र स्कुल पढ्दै गरेकाहरुलाई शिक्षा सामाग्रीसंगै अतिरिक्त क्रियाकलापमा सहयो गर्दै आएको छ ।
हाल सम्म कैलालीको ६ वटा स्थानीय तह धनगढी, उप–महानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाका १९५८८ जना विद्यार्थीहरुलाई प्रत्यक्ष सहयोग गर्दै आईरहेको छ । जस मध्ये १२४९४ बालिका ७०९४ जना बालक रहेका छन् । उनीहरु उत्सबमा आफ्नो प्रतिभा देखाउने तयारीमा जुटेको आयोजकको भनाई छ ।













