रामारोशनमा गालीबेजतीको मुद्धा बढ्दोः उपाध्यक्ष

कैलाली, २७ कात्तिक । अछाम जिल्लाको रामारोशन गाउँपालिकामा एक वर्षमा १५ वटा मुद्धा गालीबेजती तथा कुटपिटको रहेको तथ्यांक छ । गाउँपालिको उपाध्यक्ष तथा न्यायक समिति संयोजक सरस्वती रावलले आर्थिक वर्ष २०७५/०७६मा ४३ वटा मुद्धा परेको जानकारी दिए ।

उनले न्यायक समितिमा आएको मुद्धा मध्ये सबै भन्दा बढि १५ वटा मुद्धा गालीबेजती तथा कुटपिटको रहेको बताइन्। एनले गाउँघरका महिलाहरु विभिन्न कारणले झगडा परि गालीबेजतीको मुद्धा लिएर न्याय माग्न आउने गरेको बताईन् ।

रामारोशन गाउँपालिकामा बालविबाहपनि अत्याधिक रहेको बताउँदै उपाध्यक्षले भनिन् ‘एक वर्षमा ६ वटा मुद्धा बालबिवाहको रहेको छ ।’ त्यस्तै साँध सिमाना विवाद ६, आर्थिक लेनदेन र मदिरा ओसारपोरसार ३/३, नियम लागु गर्ने सम्बन्धमा र गुनासो गर्ने सम्बन्धमा २/२, तलब रोक्का, बहुबिवाह, सम्बन्ध विच्छेद, सामाजिक सञ्जाल, दुरव्यवहारको प्रयास र बालसंरक्षण १/१ वटा मुद्धा परेको छ।

न्यायक समितिमा आएको मुद्धा मध्ये आफूले हेर्न मल्ने मुद्धाको समस्या सामाधान गर्न छलफलमा बोलाई समाधान गर्ने गरेको उपाध्यक्ष रावलले भनिन् । उनले गत वर्ष ४३ वटा मध्ये ३५ वटा मुद्धाको सुनुवाई, ५ वटा विचारधिन र ३ वटा जिल्ला अदालत पठाएको बताइन् ।

उनले गालीबेजती तथा कुटपिटको मुद्धामा १४ वटा समाधान गरिन र १ वटा विचारधिनमा रहेको बताईन् । त्यसै गरि बालबिवाहको ५ वटा मुद्धालाई छलफल गरि अभिभावकको जिम्मा लगाएको र १ वटा मुद्धा जिल्ला अदालत पठाएको जानकारी दिईन् । यस्तै बहुविबाह, सम्बन्ध विच्छेदको मुद्धा सिधै अदालत पठाएको बताईन् ।

साँध सिमान सम्बन्धि ३ वटा मुद्धा छलफलको माध्येमबाट समाधान भएको र ३ वटा विचारधिनमा रहेको छ भने सामाजिक सञ्जाल सम्बन्धमा आएको मुद्धापनि विचारधिनमा रहेको छ ।

उपाध्यक्ष रावलले न्यायक समितिमा हिंसा प्रभावितहरु विस्तारै आउन थालेको बताईन् । वर्षैदेखि फाटेको मनलाई न्यायक समितिबाट गरिएको छलफलले सम्बन्ध जोडिएको देख्दा आफूले गरेको काम प्रति गर्व लाने गरेको बताईन् ।

उनले अनुगमनमा फिल्ड जाँदा महिला धेरै समस्याहरुलाई प्रत्यक्षरुपले हेरिरहेको बताउँदै उनीहरुलाईपनि राज्य भएको अनुभूति दिलाउन प्रयासमा ज्टको बताईन् । योजना निर्माण गर्दा उनले ३५ वर्ष मूनिका एकल महिलाहरुको लागि २० लाख रकम विनियोजन गरेको बताईन् । रामारोशनमा २० वर्षका महिलाहरु पनि एकल भएको देख्दा उनीहरुलाई विशेष खालको योजना ल्याउन आवश्यक ठानेर एकल महिलाहरुको लागि छ्ट्याएको बजेटले उनीहरुलाई दीगोजिविकोपार्जनको तालिम दिई व्यवसयीमा लगानी गरेको बताईन् ।

उपाध्यक्ष रावलले भनिन् रामारोशन गाउँपालिकाले पहिलो वर्ष १० जना एकल महिलालाई सिकाईकटाई खाजा नास्ता पसल र किराना पसलमा लगानी गरेको थियो, ति महिलाहरुले राम्रो व्यवसायी गरिरहेको जानकारी दिईन् । त्यसैगरि दोस्रो वर्ष ६० जना एकल महिलाहरुलाई उनीहरुको चाहना अनुरुप तालिम दिएर पसलमा लगानी लगाई दिएको बताईन् ।

त्यस्तै गाउँपालिकाले दलित, महिला, अपांगता भएको व्यक्ति र जनजातीका बालबालिकाहरुलाई तीन महिने लोकसेवा कोर्ष कक्षा सञ्चालन गरेको बताईन् । २०७५/०७६ मा १० जना विद्यार्थी लोकसेवाको तयारी गरि प्ररिक्षा दिएको थिए । पहाडमा महिलाहरुको धेरै समस्या हुने गरेको बताउँदै उनले भनिन् धेरै महिला छलफलकोलागि गाउँमै बोलाउँछन्, उहाँहरुको समस्यालाई सामाधान गर्न कहिले काँही समय मिलाएर गाउँ सम्मपनि पुग्नुपर्ने हुन्छ ।

रामारोशन गाउँपालिकामा सावारी साधनको अभाव छ, टेलिफोनको नेटवर्क राम्रोसंग टिप्दैन, जनताको अपेक्षा धेरै हुन्छन् । उपाध्यक्षलाई जिम्मेवारीपनि धेरै छ । पहाडी ईलाकातिर काम गर्न एकदमै कठिन छ । उपाध्यक्ष रावले भनुभूति सुनाईन् ।