रौतहटस्थित सीमा प्रहरी चौकीमा बम विस्फोट, एक प्रहरी घाइते
रौतहट, २६ कात्तिक । रौतहटको इशनाथ नगरपालिका–४ मा रहेको मठिया प्रहरी चौकीमा मंगलबार दिउँसो साढे १२ बजे बम विस्फोट भएको छ । विस्फोटमा परी चौकीमा सेन्ट्री बसेका प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । उनलाई बमको छर्राले समान्य चोट लागेको छ ।
बम प्रहार गरेर बीआर०५एच६५०९ नम्बरको मोटरसाइकलमा भाग्दै गरेका भारतीय नागरिक चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । विस्फोट गराएर भाग्दै गरेका भारतको विहार राज्यस्थित ढाकाका कुमारलाई दशगजा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
घटना पछि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने घटनास्थलतर्फ जिल्लाबाट थप मद्धत टोली पठाइएको छ । चौकीमा प्रहरी सहायक निरिक्षक ९असई० को कमाण्डमा ११ जना सुरक्षाकर्मी तैनाथ थिए ।













