स्वीमिङ पुलमा डुबेर बालकको मृत्यु
धनगढी, २६ कात्तिक । धनगढी उपमहानगरपालिका–७ क्याम्पस रोडमा रहेको इसाबेला रेस्टुरेन्ट एण्ड बारको स्वीमिङ पुलमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।
क्याम्पस रोडमा व्यापार गर्दै आएका व्यवसायी हिरा रोकायाको दुई वर्षीय छोरा सुशान्तको मृत्यु भएको हो । साझ बालक अचानक हराएपछि आफन्तले खोजी गरेका थिए ।
बालक स्वीमिङ पुलमा खसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार बालकलाई तत्काल उद्धार गरी उपचारको लागि सेती अञ्चल अस्पताल पु¥याउँदा मृत्यु भएको थियो ।













