‘सुदूरपश्चिम खाद्यमा आत्मनिर्भर छैन’

कैलाली, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लालबहादुर खड्काले सुदूरपश्चिम खाद्यमा आत्मनिर्भर नभएको बताए ।

परिवर्तनका लागी कार्यरत युवा समुह नेपाल (याक नेपाल) को १५ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशनमा उनले यस्तो बताएका हुन् ।

कृषिमा उत्पादन घट्दै गईरहेको कारण सुदूरपश्चिम खाद्यान्नमा निर्भर हुन नसकेको बताए । ‘सुदूरपश्चिमको विकासका लागी कृषि आवश्यक छ, जब सम्म सुदूरपश्चिममा कृषिको क्षेत्रमा विकास गर्न सक्दैनौँ, तब सम्म यो प्रदेशको विकास हुदैन ।’

उनले समस्या, श्रोत र अधिकार स्थानिय तहमा भएका कारण स्थानिय तह संग सहकार्य गरी विकास निर्माणका कामहरु गर्न आवश्यक भएकोपनि बताए ।

याक नेपालका संस्थापक अध्यक्ष बलबहादुर रोकायाले देशको व्यवस्था र राजनितीमा परिवर्तन भएपनि प्राबिधिक सोचमा परिवर्तन हुन नसकेको बताए । खाद्य अधिकार ऐन २०७५ आएपनि स्थानिय तहहरुमा पुग्न नसकेको आरोप समेत लगाए ।