१८ करोडको लगानीमा ग्याँस उद्योग खोल्ने तयारी

कैलाली, २२ कातिक । कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका २ मोतिवस्तीमा १८ करोडको लगानीमा ग्याँस उद्योग खोल्ने तयारी भईरहेको छ ।

भारतको मुम्बईमा काम गर्ने नेपाली यूवाहरुको सहकार्यमा शुक्लाफाँटा ग्याँस ईन्डष्ट्रीज संचालन गर्ने बताइएको छ । उक्त ग्यास उद्योगको संरचना निर्माणकोलागि पुजन कार्य भईसकेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भारतमा दुःखकष्ट गरेर कमाएको पैसा आफ्नो भूमिमा ग्यास उद्योग खोल्नेहरुप्रति प्रशंसा व्यक्त गरे । उनले लगानी मैत्री वातावरण बनाउन नसक्दा उद्योग खुल्न नसकेको बताए ।

त्यस्तै प्रकाश दर्जीले उद्योगलाई समुदायमा आधारित योजना बनाउनु पर्ने बताए । उनले भारतमा काम गर्ने नेपालीहरु मात्रै नभएर नेपालमै रहेका यूवाहरुपनि आफूले सक्ने जति लगानी गर्न अनुरोध गरे । निर्माणधिन उद्योगमा अमरबहादुर तिरुवा, दिपक दर्जी र दिलिप वडले लगानी गरिरहेका छन् ।