लिपुलेक भारतीय नक्सामा समेटिएपछि विरोध जुलुस

कैलाली, २० कात्तिक । नेकपाको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयूले विरोध जुलुस निकालेका छन् । नेकपा एमाले पार्टी कार्यालय देखि निकालिएको जुलुस मूख्यमन्त्री कार्यालय पुगि समापन भएको थिए । नेपाली भूमी भारतीय नक्सामा समेटिएको भन्दै विरोध गरिएको हो ।

त्यसै गरि नेपाल मजदुर किसान पार्टीले भारतीय विस्तारवादविरुद्ध विरोध गर्दै जुलुस निकालेको छ । भारतको गृहमन्त्रालयले तयार गरेको भारतको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक क्षेत्रसमेत) भारतीय क्षेत्रमा राखिएको सम्बन्धमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गर्दै नेपाल मजदुर किसान पार्टीले प्रेस वक्तव्य जारी गरेको छ ।

भारतले नेपाली भूमी कालापानी–लिपुलेक अतिक्रमणविरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) विरोध प्रदर्शनमा उत्रिएको छ । पार्टीका महासचिव मोहन वैद्यले एक विज्ञप्ति जारी गरेर भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालीभूमी कालापानी र लिपुलेक क्षेत्र आफ्नोभूमीमा गाभेको भन्दै विरोध गरेका छन् ।महासचिव वैद्यले भारतको नक्सा सार्वजनिक गर्दै नेपालीभूमीमाथि नांगो हस्तक्षेप गरेको बताए । उनले विरोधमा उत्रिन अपील समेत गरेका छन् ।

विज्ञप्तीमा भारतले गरेको अतिक्रमणविरुद्ध आफ्नो पार्टी संघर्षमा उत्रिएको भन्दै नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग समेत गरेका छन् । यसैबीच क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि विरोध प्रदर्शन गरेको छ ।