प्रमुख उप–प्रमुख हाम्रो कुरा सुन्दैनन्ः महिला जनप्रतिनिधि

अछाम, १६ कात्तिक । अछाम बन्नीगढी जयगढ गाउँपालिका र पञ्चदेवल विनायक नगर पालिकाका महिला जनप्रतिनिधिहरुले वडा अध्यक्षदेखि प्रमुख उप–प्रमुखद्धारा आफूहरुको कुरा सुनुवाई नहुने बताएका छन् ।

जागरण नेपालको आयोजनामा भएको निर्वाचित महिला जनप्रतिनिधिहरुको अवसर र चुनौती विषयक कार्यशाला गोष्ठीमा उनीहरुले यस्तो बताएका हुन् ।

बन्यगढी जयगढ गाउँपालिका महिला जनप्रतिनिधि प्रमिला रावलले लक्षित समुदायकोलागि बजेट विनियोजन गर्न माग गर्दा सुनुवाई नै नभएको बताए । उनले मठ मन्दिर बाटोघाटोकोलागि मात्रै बजेट विनियोजन गर्ने तर महिलाहरुको लागि बजेट विनियोजनको माग गर्दा सुनुवाई नै नभएको गुनासो गरे ।

यस्तै अर्का महिला जनप्रतिनिधिले गाउँपालिकाले जनप्रतिनिधिहरुलाई भ्रमणको लागि छुट्याएको बजेट भ्रमण विना नै हिनामिना गरिएको प्रति प्रश्न उठाउँदा पनि सुनुवाई नभएको बताए । उनले कर्मचारी र प्रमुख उप–प्रमुखको मिलोमातोमा मनोबानी ढंगले बजेट विनियोजन गरिएको आरोप लगाए ।

महिला जनप्रतिनिधिहरुलाई कार्यलय सहयोगीले समेत हेप्ने गरेको गुनासो गर्दै उनले भने कर्मचारीले महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिहरुसंग गरिने व्यवहार विभेदपूर्ण रहेको बताए ।

त्यस्तै अर्का महिला जनप्रतिनिधि निर्मला ढकालले पहिलो वर्ष त हस्ताक्षर गर्ने काममा मात्रै सिमित रहेको बताउँदै दोस्रो वर्ष निर्णय प्रक्रियामा भाग लिन पाएपनि आफुहरुले दिएको सुझालाईमाथि कुनै सुनुवाई नहुने गुनासो गरे । उनले आफ्नो निर्णयलाई सुनुवाई नभएको कारण महिला जनप्रतिनिहरुले जनताकोलागि केही काम गर्न नसकेको बताए । जनताको मतले जनप्रतिनिधि भएपनि काम गर्न नसेपछि पटक कसरी चुनाव जित्ने भन्ने चिन्ता हुने गरेको महिला जनप्रतिनिधिहरुको भनाई थियो ।

उनीहरुले आफू जनप्रतिनिधि भई सकेपछि आफूमा भने केही सकरात्मक परिर्वन भएको अनुभव सुनाए । अछाम छाउपडीको नामले बदनाम भएकोले छाउपडी बार्न आफैबाट शुरुवाट गरि गाउँघरमा छाउपडी विरुद्धको अभियान सञ्चालन गरेको बताए । अछामका धेरै महिलाहरु महिनावारी भएको बेला भान्छा नछिरेपनि नियमिन बस्ने कोठामा बस्न थालेको जनप्रतिनिधि निर्मला ढकालले बताईन् । उनी आफैपनि जनप्रतिनिधि भएपछि छाउगोठ बस्न छोडेको बताईन् ।

त्यस्तै जागरण नेपालका कार्यक्रम संयोजक पुर्णकला राईले महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमतामा सहयोग उनीहरुको अवसरसंगै भोग्नु पर्ने चुनौतीको समाधान गर्ने उपायको खोजी गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा जागरण नेपालले महिला प्रचिनिधिसंग प्राविधिक सहयोग र सहकार्य गरि अगाडी बढ्े प्रतिवद्धता जनाए ।