डोटीमा बस दुर्घटना, ९ महिला सहित ३५ जना घाइते
डोटी,१६ कार्तिक । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुरा जादै गरेको ना ७ ख ६१८१ नम्बरको यात्रुबाहक बस डोटीमा दुर्घटना हुदा ३५ जना घाईते भएका छन् । घाईते मध्ये ९ महिला ३ बच्च २३ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलिपसिंह देउवाले बताए ।
प्रहरीका अनुसार एक जनाको मृत्यु भएको आशंका गरिएको र अन्य घाईतेहरुको शैलेश्वरी अस्पताल र जिल्ला अस्पतालमा उपचार भईरहेको जानकारी दिए ।
प्रहरीका अनुसार २८ जनाको शैलेश्वरी अस्पताल र चार जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरुले शुरुमा उपचारका लागि सैनिक अस्पतालमा लगिएको थियो । प्रारम्भिक उपचारपछि घाईतेहरुलाई सैनिक अस्पतालबाट शैलेश्वरी अस्पताल लगिएको थियो । घाईते मध्ये केहीको अवस्था चिन्ताजनक छ ।
बाजुरा जादै गरेको बस डोटीको शिखरनगरपालिका–१ गेरुपानीमा आज बिहान करीव ३ बजेर ४५ मिनेटमा दुर्घटना भएको जनाएको छ । बस सडकबाट करीव २० मिटर तल खसेको थियो । चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।













