एलिना र राम नरेशलाई द मोडेल अफ कल्चर अवार्ड
कपिलबस्तु, ९ कत्तिक । द मोडेल अफ कल्चर कपिलबस्तुकोग्रेन्ड फाईनल सम्पन्न भएको छ । ग्रेन्ड फाईनलमा कपिलबस्तु, रुपन्देही जिल्लाका युवा युवातीहरुको सहभागिता रहेको थियो । जसमा ९ जना युवा युवातीहरुले विभिन्न भेषभुषाका पहिरनहरुमा कपिलबस्तु जिल्लाको मायादेवि रिर्सोटमा शुक्रबार द मोडेल अफ कल्चर कच्चर सो गरिएका थियो ।
कपिलबस्तु जिल्लामै ‘कला संस्कृतिको सम्बद्र्धनसंगै पर्यटन प्रवद्र्धन युवा युवातिको व्यक्तित्व र कला कौशलको पर्दशन’ गर्ने उद्देश्यले द मोडेल अफ कल्चर सो कार्यक्रम हुँदा दर्शकहरु निकै उत्साहित भएका थिए । पहिलो पटक कपिलबस्तुमा भएको द मोडेल अफ कल्चर कपिलबस्तु २०७६ को अवार्ड बाणगंगा नगरपालिका–२ तेनुईया निवासी एलिना थारु जित्न सफल भईन् ।
त्यस्तै पुरुष तर्फ कपिलबस्तु कृष्णनगरका राम नरेश यादवले विजेता हुना सफल भए । त्यस्तै भिवर च्वाईजमा बाणगंगा नगरपालिका–५ झण्डा निवासी दिपेन्द्र थारु हुन सफल भए । उक्त शो कार्यक्रममा फस्र्ट रनरअपमा बाणगंगा नगरपालिका –५ झण्डा निवासी पुजा थारु, सेकेन्ड रनरअपमा बाणगंगा नगरपालिका–५ मटेरिया निवासी रुपा चौधरी, थर्ड रनरअफमा रुपन्देही सैनामैना नगरपालिका निवासी सृजना चौधरी हुन सफल भईन् ।
त्यस्तै अर्गनाईजर च्वाईज अवार्डमा अकृति चौधरी, बेस्ट फोटोजेनिक अवार्डमा एलिता चौधरी र बेस्टमल्टी मिडियामा रासिद शाहा हुन सफल भए । सहभागीहरुलाई अन्य थुप्रै अवार्डहरुले सम्मानित गरिएको थियो । उनीहरुलाई बेस्ट फिगर, बेस्ट हेयर अवार्ड, बेस्ट हेल्थी जस्ता थुप्रै अवार्डहरुले सम्मान गरिएको थियो ।
द मोडेल अफ कल्चर कपिलबस्तु २०७६ मा भाग लिने सम्पूर्ण प्रतियोगिहरुलाई विभिन्न किसिमको गिफ्फ ह्याम्पर प्रदान गर्नुको साथै म्यूजिक भिडियोमा खेल्ने अवसर दिने गयक तथा कार्यक्रमका प्रवन्ध निर्देशक समेत रहेका श्याम सि।टि।ले जनकारी दिए । कार्यक्रममा चर्चित युवा गयक खेम चौधरी, मोडेल विरु चौधरी र मोडल सुनिता दाहितको डान्स प्रस्तुतिले दर्शकहरु झुमेका थिए ।
विशेषगरी युवा युवतीमा लुकेर रहेका कलालाई प्रस्फुटन गर्नको लागी यस किसिमको कार्यक्रम अयोजना गरेको अर्का कार्यक्रम निर्देशक प्रकाश चौधरीले बताए । कार्यक्रममा कलकार, पत्रकार र विशिष्ट व्यक्तिहरुको जमघाट हुनुको साथै सयौंको संख्यमा दर्शकहरुको सहभागिता रहेको थियो ।













