भोली थारु समुदायमा दहितहरुको ढिक्रहुवा

कैलाली, ९ कात्तिक । दीपावलीमा थारु समुदायमा दहितहरु ढिक्री लुटाउने गर्दछन् । यो वर्ष लक्ष्मी पुजा, कुकुर पुजा र थारु समुदायमा दहितहरु ढिक्री पुज्ने दिन संगै परेको छ ।

थारू समुदायमा दहितहरु आफ्नो देवतालाई प्रसाद स्वरुप ढिक्री चढाउने गर्दछन् । भोली राती दतिहरुले ढिक्री पकाएर लुटाउने अर्थात वितरण गर्ने प्रचलन रहेको छ ।

दहित थारूहरु आज ढिक्र बनाउने सामाग्री तयार पार्छन् र आफ्नो देवतालाई नुहाई धुवाई गरि सरसफाई गर्ने गर्दछन् । र भोली गाउँका मान्छेलाई बोलाएर ढिक्र बाँड्ने गर्दछन् ।

भोली साँझा धनलक्ष्मीको पुजाआजासंगै श्रद्धाभक्तिपूर्वक घरघरमा दीवाली हुन्छ । त्यहि क्रममा दहितहरु ढिकरी लुटाउने गर्दछन् । दिनभरि घर आँगन लिपपोत गरि सरसाफाई गर्ने, साँझा भएपछि दियो बालेर लक्ष्मी लक्ष्मीलाई स्वागत गर्ने चलन छ । दियो नबालेको घरमा लक्ष्मी नभित्रिने जनविश्वासले सबै नेपालीहरु आफ्नो घर झिलीमिलि बनाएका हुन्छन् ।

हिन्दु धर्म ग्रन्थकका अनुसार लक्ष्मीपूजाको रात सुखरात्रि हुने जनविश्वास पनि छ । भगवान लक्ष्मी मूलद्वारदेखि प्रस्थान हुने भनाई छ । महिलाहरु साँझा दियो बालेर लक्ष्मीको फोटोमा या मूर्तिमा गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाएर पूजा गर्ने गर्दछन् । त्यस्तै भोलीदेखि केटाकेटी समूह बनाएर घरघरमा भैलो खेल्ने र रमाईलो गर्ने प्रचलन छ ।