भारतमा बलात्कार गरेर सल्यान पुगेका सुनार पक्राउ
सल्यान, ८ कात्तिक । भारत स्थित मुम्बइको अरुनापा जिल्ला पञ्चायत पाँचऔट आदुरमा एक २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–७ का ३० वर्षीय मनविर सुनार सल्यानबाट पक्राउ परेका हुन् ।
भारतमा एक महिलालाई बलात्कार गरी सुनार भागेर सल्यान जिल्लामा बस्दै आएका थिए । भारतको मुम्बईमा महिलाका श्रीमान काममा अयन्त्र गएको बेला सुनारले ती महिलालाई रातीको समयमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।













