‘आइजा मैना मेरा हुम्ला’ प्रम ओली हेर्नु पर्छः गायक जोशी

कैलाली, ६ कात्तिक । चर्चित देउडा गायक नन्द कृष्ण जोशीले कमला धामीको ‘आइजा मैना मेरा हुम्ला’ नामक देउडा भिडियो प्रधानमन्त्री केपी सर्मा ओली र पर्यटन मन्त्री योगश भट्टराईलाई हेर्न आग्रह गरे ।

काठमाडौ स्थित संवाद डबलीमा कर्णालीको पहिचान देउडा भिडियो सार्बजनिक गर्दै उनले भिजिट नेपाल २०२० को सन्दर्भमा पश्चिमको उत्कृष्ट देउडा हुने बताएका छन् ।

जोशीले भिडियोको प्रशंसा गर्दै भने–‘कमला कर्णालीकी पुतली हुन् जस्ले सजिलै माहुरीको काम गर्न सक्छिन् ।’ देउडा सुदुर र मध्य–पश्चिमको संस्कृति, चिनारी हो र यसलाई कसैले विगारेर गाउँछ भने हामीलाई दुःख लाग्ने गर्छ तर कमलाको कलामा त्यो खुवि र नवरस पाएको बताए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का महासचिब कर्णजित बुढाथोकी (सुशिल)ले देउडा भिडियोले राम्रो सन्देश दिएको भन्दै कलाकार कमला धामीको प्रशंसा गरे । उनले केहि समय पहिले कर्णालीको भाषा तथा संस्कृतिलाई अपहेलना गरिरहेको बताए ।

प्रतिनिधी सभाका सदस्य छक्कबहादुर लामालेविशेष गरी खासहरुको बस्ती रहेको कर्णालीमा पुरानो जिवनशैली भाषा संस्कृति रहेकाले त्यसलाई जार्गेन गर्न सो भिडियोले महत्वपूर्ण भुमिका खेल्ने बताए ।