‘पत्रकार महिला विभेदकै कारण पेशाबाट पलायन हुनुपर्ने बाध्यता’

कैलाली, ६ कात्तिक । विभिन्न विभेदका कारण पत्रकारिता पेशाबाट पलायन हुनुपर्ने बाध्यता रहेका सुदुरपश्चिम प्रदेशका पत्रकार महिलाहरुले बताएका छन् ।

धनगढीमा बुधबार क्रियाशिल पत्रकार महिला(डब्लुडब्लुजे) काठमाडौंले आयोजना गरेको ‘नेतृत्व तहमा पत्रकार महिलालाई पुर्याउन कस्को भूमिका के ?’ विषयक प्रदेशस्तरीय छलफल कार्यक्रममा पत्रकार महिलाहरुले सो कुरा बताएका छन् ।

धनगढीबाट प्रकाशित सुदुरआञ्चल दैनिक पत्रिकाका सम्पादक भावना जोशीले पित्सत्त्तामक सोच,गुणस्तरीय शिक्षाको अभाव,प्राविधिक ज्ञानको कमी,पारिवारिक लगायत जिम्मेवारीको बोझ,संस्था तथा संगठनले महिलाको नेत्तुव स्वीकार नगर्नु जस्ता कारणले महिला नेत्तुव तहमा पुग्न नसकेको बताईन् ।

समयसँगै महिला र पुरुषको काममा केहि समानता देखिएपनि व्यवहारिक रुपमा विभेद कायामै रहेको उनले बताईन् ।

त्यस्तै तालिम, पदको जिम्मेवारी, राजनितिक हस्तक्षेप, समावेशी कोटमा मात्र महिलालाई स्वीकार गर्नु तर, अन्यपदमा महिलालाई स्वीकार नगर्नु,महिलाको क्षमता स्वीकार नगुर्न जस्ता कारणले महिला पत्रकार पछि परेको पत्रकार जमुना न्युरेले बताइन् ।

निर्णयक तहमा महिला पत्रकारलाई पुर्याउन नीतिगत पहल,शिक्षामा जोड,प्राविधिक ज्ञानको विकास,क्षमता अनुसार अवसर प्रदान गर्नु, जस्ता पहल गरिनुपर्ने दिनेश एफएमका स्टेशन म्यानेजर अमिता कुँवरले बताइन् ।

त्यसैगरी अछामका पत्रकार मेनुका ढुंगानाले महिलाको नेतृत्व स्वीकार नगरेको बताईन् । पत्रकार महासंघमा महिला पत्रकारलाई प्रमुख पदमा अहिलेसम्म अवसर पाउन नसकेको उनीले तथ्य औलाइन् ।

महिला पत्रकारहरुको चरित्र हत्यादेखि महिलाको क्षमता स्वीकार नगर्ने समाजमा हुर्किएका हुनाले अब महिलाले आफ्नो लागी अरुले अवसर देला भन्दा पनि आफ्नो अधिकार खोस्ने समय आएकोमा उनले जोड दिइन् । कार्यक्रममा क्रियाशील पत्रकार महिला केन्द्रका पदाधिकारी रुकमणि पोखरेल, रमिता लामा र रामकला खड्काको उपस्थिति रहेको थियो ।