कक्षा ६ देखि १२ सम्मको छात्राले पाउँनेछन् निःशुल्क प्याड
धनगढी, ४ कात्तिक । धनगढी उप–महानगरपालिका ४५ वटा सामुदायीक विद्यालयका छात्राहरुले निःशुल्क सेनिटरी प्याड पाउने भएका छन् । कक्षा ६देखि १२ सम्मको छात्राहरुले महिनावारी भएकोबेला निःशुल्क प्याड पाउन थालेका छन् ।
जिआईजेड र मित्र समाजको साझेदारी तथा धनगढी उप–महानगरपालिको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्य र महिनावारी सरसफाई ब्यबस्थापन सम्वन्धि कार्यक्रम अन्तरगत प्याड वितरण गर्न लागेको हो ।
विद्यालयमा छात्राहरुले सेनिटरी प्याड निःशुल्क पाउने भएपछि उनिहरुलाई विद्यालय नियमित आउन सहयोग हुने पुग्ने बताउछन् नगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।
महिनावारी भएका कारण छात्राहरु नियमित विद्यालय नआउने गरेको गुनासोलाई मध्यनजर गरि यो कार्यक्रम सञ्चालनमा ल्याएको बताए । नगरप्रमुख वडले सबै विद्यालयहरुमा छात्रामैत्री शौचालय निर्माण गर्ने काम भैरहेको पनि बताए ।













