महिला पुरुष फुटवल प्रतियोगिता शुरु
कैलाली, ३ कात्तिक । उप–महानगरपालिका १९ आईगाउँमा महिला पुरुष फुटवल प्रतियोगिताका शुरु भएको छ । सूर्मादेवी यूवा क्लवको आयोजनामा शुरु भएको प्रतियोगितामा धनगढी उप–महानगरपनलिकाका प्रमुख नृप वडले उद्घाटन गरेका हुन् । कात्तिक १५ गते सम्म चल्ने प्रतियोगितामा २२ वटा पुरुष र ८ वटा महिलाको टिम सहभागी भएका छन् ।
प्रतियोगिताको उद्घाटनमा नगर प्रमुख वडले धनगढी नगरपालिका खेलकुदको हव भएको बताए । खेलकुलको विकासका लागि वडा तहमा स्तरीय खेलमैदान निर्माणको काम भईरहेको बताए ।
उनले खेलाडी भएको समाज अनुशासित हुने बताउदै खेल स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण रहेको बताए । नगरप्रमुख वडले राम्रो गरेका कामलाई राम्रो ग¥यो भन्न नसक्ने प्रबृती समाजमा हाबी भएको कारण सबैजना सकारात्मक सोचको विकासगरि समाज रुपान्तरण गर्न जरुरी रहेको बताए ।













