भजनीमा भएको फुटवल प्रतियोगिताको च्याम्पीयन रिमझिम कटेज
कैलाली, २ कात्तिक । कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ चर्रामा भएको फुटवल प्रतियोगिताको उपाधि जोशीपुर गाउँपालिका वडा नम्वर ३ को रिमझिम कटेजले हात पारेको छ ।
पुरैना युवा क्लवको १५औँ बार्षिकोत्सव तथा विजयादशमीको अवसरमा आयोजना गरिएको फुटवल प्रतियोगिताको फाईनलमा आयोजक पुरैना क्लवलाई ३–२ ले हराउँदे रिमझिम च्याम्पीयन भएको हो ।
रिमझिमका लागि अशोक चौधरीले ह्याट्रकी गरे भने पुरैनाका लागि रविन्द्र कठरीया र मनोज चौधरीले एक/एक गोल गरे । विजेता भएसंगै रिमझिमले नगद ३० हजार सहित ट्रफि र मेडर पाएको छ ।

उपविजेता बनेको आयोजकले १५ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी रिमझिमका अशोक चौधरी, उत्कृष्ट गोल रक्षकमा ललित ताम्राकार, उत्कृष्ट रक्षक हेमन्त थापामगर र सर्वाधिक गोलकर्ता प्रयान्सु भुर्जी भएका छन् ।
विजयी खेलाडीलाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ । क्लवका अध्यक्ष अर्जुन कठरीयाको अध्यषतामा भएको कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष अमर वहादुर कठरीया रहेका थिए ।













