समाज परिवर्तनको लागि सामाजवादको तयारीः प्रचण्ड

कैलाली, १ कार्तिक । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सबैको ध्यान सामाज परिवर्तन तर्फ गईरहेको बताए । उन देशमा तीन तहको सरकार आईसकेपछि विकास निर्माणको कामसैगै समाजपरिवर्तन गर्न आवश्यक रहेको बताए । अध्यक्ष प्रचण्डले अबको चुनौति नै सामाजवादको यात्राको तयारी गर्नु रहेको बताए ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तत्कालका लागि मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका हुन् ।

उनले भने ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ।’ सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यो प्रश्न आफूलाई नगर्न पनि पत्रकारलाई आग्रह गरे।