धनगढीमा बिपी सडक मार्गको सिलन्यास

कैलाली, ३० असोज । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बिहीबार बिपी सडक मार्गको सिलन्यास गरेका छिन् ।

उप–प्रमुख भट्टले धनगढी उप–महानगरपालिका १ स्थित बिपी स्मृती भवनको पूर्व पट्टि सिराडी धाम देखि निर्माणधिन बिपी प्रतिष्ठानको भवन सम्मको सडकबाटोको सिलन्यास गरेका हुन ।

सडकको सिलन्यास गर्दै उप–प्रमुख भट्टले सडकको गुणस्तरीयतामा ख्याल गर्न स्थानीय संग आग्रह गरिन् । स्थानीयले सडक खण्डमा पर्ने आफ्ना निजी संरचना हटाएर निर्माणमा सहयोग गरेको भन्दै स्थानीयको प्रशंसा गरिन ।

सडक सिलन्यास कार्यक्रममा धनगढी उप–महानगरपालिका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरी, वडा सदस्य सुवास चन्द लगायतको उपस्थिति थियो । धनगढी उप–महानगरपालिकाका सव ईन्जीनियर बिष्णु खड्काले सडक ४ सय मिटर नाली सहित पिच हुने बताए ।

जय श्री बैजनाथ बाबा कन्सट्रक्सनले निर्माणको ठेक्का पाएको छ । निर्माण कम्पनीका प्रवन्धक राजेश खड्काले बिहीबार बाट काम सुरु गरिएको बताए ।