पुनरबास नगरपालिकाले भल्मन्सालाई जनही १२ हजार दिने निर्णय

पुनरबास, २९ असोज । पुनरबास नगरपालिकाले नगर क्षेत्रका सबै भल्मन्साहरुलाई जनही वार्षिक १२ हजार रुपैया दिने निर्णय गरेको छ ।

भल्मन्साहरु भोलेन्टिएर भएर सामाजिक काममा रातदिन खटिरहने भएकोले नगरपालिकाले उनीहरुको कामलाई सम्मान रकम उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख जिवन थापाले बताए ।

उनले समुदायमा काम गर्ने क्रममा भल्मन्साहरुको ठूलो सहयोग हुने गरेको बताए । नगरपालिकाले जुन सुकै काम भल्मन्साहरुसंग सहकार्य गर्ने, छलफल गर्ने र सुझाब लिने दिने गरेको थापाले बताए ।

सो नगरपालिकामा चौधरी थारु र राना थारु गरि ३२ जना भल्मन्सा रहेका छन् ।
नगरपालिकाले हरेक समुदायको कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धनकोलागि पनि बजेट विनियोजन गर्ने गरेको छ ।