गाउँघरमा धान काट्न शुरु
कैलाली, २६ असोज । दशैं सके लगत्तै कैलालीका किसानहरु धान कट्न शुरु गरेका छन् । यो वर्ष धान पाकिसक्दा समेत पानी परीरहेको कारण किसानहरु धान भित्रियाउन पाएका थिएनन् । दशैं लगत्तै सबै किसान धमाधम धान कट्न गालेका छन् ।
कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय सोमलाल डंगौरा सबै धान पाकि सकेको बताए । उनले आजभोली धान कट्नामै व्यस्त हुने भएको बताए । धान काट्ने मेसिन ‘रिपर’ लगाएर दीपावली अगाडी नै सबै धान भित्रियाउने योजना रहेको बताए ।
राधा–४, सर्जु–५२ लगायतका धान पाकिसकेकोले काट्ना हतार भएको किसानहरुको भनाईछ । जानकी गाउँपालिका–८ का किसान रमेश चौधरी दशैं भन्दा अगाडी धान पाकिसकेपनि पानी परेको कारण भित्रियाउन नपाएको बताउै अहिले धान खेतमै झर्न थालेको बताए ।
लाही, आलु, टिनालगायत हुउँदे बाली रोप्नकोलागि पनि किसानहरु हतारमा धान भित्रियाउन थालेका हुन् । किसानहरु आधुनिक कृषि औजारमा आकर्षित भएपनि कतिपय आर्थिक अवस्थाका कारण औजार किन्न नसक्नेले परम्परागत औजारको सहारामा खेती गर्दै आएको जानकी गाउँपालिकाको कृषि शाखा प्रमुख लालवीर चौधरी बताए ।
केही किसानको खेतमा बाली नलाग्दा चिन्तित रहेको बताउदै । विकासे उन्नत जात भनिने गरिमा र सिन्दुर प्रजातिको धानमा बाला नै नलागेको बताए ।
गरिमा र सिन्दुर प्रजातीका धान रोप्ने किसानहरु यो वर्ष मार्कामा परेका छन् । कैलाली जिल्लामा मात्रै सय हेक्टर जमिनमे उक्त धान लगाइएको बताइएको छ ।
















