दैनिक २५ः३० प्रिन्ट रगतको आवश्यकता

धनगढी, २५ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्व कानुन मन्त्री टेकबहादुर चोखालको स्मृतीमा शनिवार धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

टेकबहादुर चोखाल स्मृती प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता र सर्वसाधारण समेतले रक्तदान गरेका छन् । प्रतिष्ठनका अनुसार रत्तmदान कार्यक्रममा ४० प्रिन्ट रगत संकलन भएको जनाईएको छ । स्वर्गिय नेता चोखालको स्मृतीमा खोलिएको संस्थाले बिभिन्न समाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ ।

बृहत रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका सभापति नरनारायण शाह मनु, धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट लगायत कांग्रेसका नेताहरुले स्वर्गिय नेता चोखालको ब्यक्तित्व र उनको सामाजिक र राजनितिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

स्वर्गिय चोखाल नेपाली कांग्रेसका प्रभावशाली नेता थिए । २०४८ सालमा कैलाली क्षेत्र नं ४ बाट निर्वाचित नेता चोखाल नेपाली कांग्रेसका सचेतक पनि बनेका थिए । २०५१ सालको मध्यावती निर्वाचनका सोही निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । २०५६ सालमा पुनः निर्वाचित चोखाल कानुन मन्त्री बनेका थिए । २०६३ सालका ह्दयघातका कारण नेता चोखालको मृत्यू भएको थियो ।