धनगढीलाई प्लाष्टिक रहित बनाउने अभियान
कैलाली, २५ असोज । धनगढी उप–महानगरपालिकाले धनगढी बजारलाई प्लाष्टिक रहित बनाउने अभियान थालेको छ । प्लाष्टिक रहित नगर बनाउन त्रिनगर हाटबजारका व्यपारीहरुलाई र ग्राहकहरुलाई अभियान बारे जानकारी समेत दिईएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, वातावरण शाखाका कर्मचारी, जिल्ला रेडक्रस सोसाईटी कैलालीका प्रतिनिधी र स्वयंसेवकहरुका साथ हाटबजारमा अभियानका बारेमा जानकारी गराएका थिए ।
प्लाष्टिक झोलाको सट्टामा कपडाको झोल बोकेर सहयोग गरिदिनु नगरप्रमुख वडले गरे । उनले कपडाको झोला नगरपालिकाले उपलब्ध गराउने बताएका छन् ।
धनगढी उप–महानगरपालिका वातावरण शाखा प्रमुख अशोक अवस्थीले प्रचारप्रसार गर्ने, झोल उपलब्ध गराउने, प्रयोगका लागि अनुरोध गर्ने बताउदै पुनःपनि प्लाष्टिक प्रयोग गर्नेलाई कानूनी कार्वाही गरिने बताइएको छ ।













