नयाँ प्रविधिको प्रयोग गरेर जनतालाई सुरक्षाको अनुभूति दिनुपर्छ : मुख्यमन्त्री भट्ट
कैलाली, २४ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनतालाई नयाँ प्रविधिको प्रयोग गरेर जनतालाई सुरक्षाको अनुभूति दिनुपर्ने बताए । उनले अपराधीभन्दा एक कदम अगाडी प्रहरी हुनुपर्नेमा जोड दिए ।
संघिय प्रहरी इकाई धनगढीमा आयोजित ६४ औँ प्रहरी दिवशलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन । उनले देश संघियतामा गएर नजिकको सरकार पाएपनि जनताका अपेक्षा धेरै रहेको बताए ।
देश बिकासको लागि भौतिक संरचनासंगै अपराधिक क्रियाकलापमा पनि प्रहरीले नयाँ तरिकाबाट अनुसन्धान गर्न आवश्यक रहेको बताए । जनतालाई शान्ति शुरक्षा दिन सिमा क्षेत्रमा समेत अपराधिक क्रियाकलाप रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताए ।

त्यसै गरि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादूर शाहले अपराधी हाइटेकमा र शुरक्षा निकाय लो टेकमा भए शान्ति शुरक्षा अमन चयन कायम हुन नसक्ने बताए ।
उनले युग तथा प्रबिधिको बिकास संगै शुरक्षाकर्मीलाई अत्याधुनिक प्रबिधिको बिकासमा अगाडी बढाउन आवश्यक रहेको बताए । प्रहरीले जनताको शान्ति शुरक्षा र जनतालेपनि सादा पोसाकका प्रहरी सम्झेर सहयोग गरे पक्कै शान्ति शुरक्षा कायम हुने उनको भनाई थियो । लोकतन्त्र कमजोर र निरकुंसता हावी हुने काम कतैबाट नहुन मन्त्री शाहले बताए ।

सुदूरपश्चिम प्रदेशमा लागु औषद, सिमा समस्या हत्या हिंसाका समस्या कायम रहेकाले यसको नियन्त्रणमा प्रहरी सक्रिय हुन निर्देशन दिए । सिमा समस्याका बारेमा केन्द्र सरकारसंग पहल भइरहेको समेत उनले जानकारी दिए । बिभिन्न चुनौतिका बिचमा प्रहरीले काम गरिरहेको उनले बताए । अब प्रहरीलाई अत्याधुनिक प्रबिधि, सिटि टिभि क्यामेरा तथा प्रयाप्त उपकरण दिएर भएपनि प्रदेशको शान्ति सुरक्षा कायम गर्ने मन्त्री शाहले बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टले शान्ति सुरक्षा दिने निकायकै श्रीमतिहरु धेरै घरेलु हिंसा खेप्नु पर्ने भएको बताउदै सुरक्षा निकाय भित्रै पनि अनुसानसंगै महिलालाई सम्मान गर्न सिकाउन अनुरोध गरे । उनले न्यायक समितिमा सबै भन्दा बढि प्रहरीबाट प्रताडित प्रहरीका श्रीमतिहरुको मुद्धा आउने गरेको बताए ।
कार्यक्रममा घाईते प्रहरी, सहिद परिवार, सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।














